पर्सा । पर्सा जिल्लाको धोबिनी गाउँपालिका ५ स्थित जगरनाथपुर टोलमा शनिबार साँझ भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ । स्थानीय अषेसर दासको घरमा विद्युत सर्ट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्नपात, नगद, फर्निचर लगायत सामाग्री पूर्ण रूपमा नष्ट भएका छन् ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सौभाग्यवश, घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।




