रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका ४ स्थित राजपुर टोलमा एक व्यक्ति आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । शनिबार ४० वर्षीय शेख असलम आफ्नै घरभित्र मृत फेला परेका हुन् ।
स्थानीय बासिन्दाले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




