पर्सा । वीरगंज महानगरपालिका ३ स्थित नारायणी अस्पताल वीरगंजको पश्चिम गेट छेउमा आइतबार बिहान नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिएको छ भने मृतकको परिचय र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । परिचय नखुलेका कारण प्रहरी र स्थानीय प्रशासनले मृतकको पहिचान गर्न प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।




