धनुषा । धनुषाको हंसपुर नगरपालिका ६ सोनीगामा आइतबार राति करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । करिब ६० वर्षीय प्रदीप मण्डलको आफ्नै खेतमा पानी लगाउनका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो भने यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले राति खेतमा सिंचाइका लागि प्रयोग हुने उपकरणमा पर्याप्त सावधानी नअपनाउँदा यस्ता घटनाहरू हुने गरेको बताएका छन् ।




