सप्तरी । सवारी ज्यान मुद्दामा फरार रहेका शम्भुनाथ नगरपालिका १२ का गंगाराम साहलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । उनलाई जिल्ला अदालत सप्तरी, राजविराजबाट उक्त मुद्दामा १६ दिन कैद सजाय सुनाइएको थियो ।
साह फरार रहेका बेला प्रहरी चौकी पत्थरगडाबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउपछि उनलाई अदालतको फैसला अनुसार सजाय कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरी, राजविराजमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै लगेको जनाएको छ ।




