सिराहा । सिराहा नगरपालिका १० पदमपुरमा सोमबार राति भएको आगलागीमा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय ६० वर्षीय चन्देसर मण्डलको घर र घरसँगै रहेको परालको टालमा अकस्मात आगलागी हुँदा ठूलो क्षति भएको हो ।
प्रहरीका अनुसार आगलागीपछि स्थानीय वासीहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । घटनाको कारण बारे हालसम्म यकिन भइसकेको छैन भने प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
साथै, प्रहरी तथा स्थानीयले आगलागी पीडितलाई तत्काल राहत र सहयोग उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिएका छन् ।




