धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिका १२ बरकुरूवास्थित सडकमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । मधेश प्रदेश ०१–०४ प ३४३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्दा जनकनन्दिनी गाउँपालिका २ का २५ वर्षीय नुरे शेख गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उनलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको थियो । तर उपचारको क्रममा मंगलबार राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण बारे अनुसन्धान जारी रहेको छ ।




