बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ८ लोसण्डाबाट करिब २२ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ४५ वर्षीय रामपुकार सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सहनीलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जीतपुरसिमरा ८ स्थित इम्लीप्रति क्षेत्रको एक फिल्डमा दुई वटा बोरा बोकेर गाँजा लैजाँदै गरेका सहनीलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सहनी माथि आवश्यक अनुसन्धान भइरहेको तथा लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।




