रौतहट । रौतहटमा मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ की गुलनाज खातुन रहेकी छन् । राजपुर नगरपालिका ३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती ३५ वर्षिय गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले बताए ।
घटना विवरण अनुसार बुधबार दिउसो साढे ३ बजे आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक खातुन गर्भवती रहेको प्रदेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




