बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका ५ रामवनटोलमा बिहीबार बिहान पोखरीमा डुबेर एक ३ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय रत्नबहादुर तामाङका छोरा युवान तामाङ घर नजिकैको पोखरीमा डुबेका थिए ।
डुबेर अशक्त भएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




