सिराहा । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका–९, चमार टोलमा आइतबार दिउँसो विद्युत सर्ट भएर भएको आगलागीमा करिब १ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानिय ३७ वर्षीय उमेश भण्डारीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, फर्निचर लगायतका सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएपनि आगलागीका कारण ठूलो आर्थिक क्षति पुगेको छ ।
यद्यपि घटनामा मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय तह र सुरक्षा निकायले घरमा विद्युत सुरक्षामा विशेष ध्यान दिन आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।




