सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ देवारी टोलका ६० वर्षीय शंकर यादवको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै खेतमा विद्युतीय मोटरमार्फत पानी तान्ने क्रममा यादवलाई अचानक करेन्ट लागेको थियो ।
गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




