सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियास्थित सडकमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । लौनियाबाट दमाबतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना हुँदा सोही ठाउँ निवासी ३८ वर्षीय चालक देबेन्द्र प्रसाद साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




