बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ स्थित नयाँ टोलामा मंगलबार बिहान आगलागी भएको छ । विद्युत सर्टको कारण भएको आगलागीले स्थानीय दिपेन्द्र कुशवाहाको घरमा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार बिहान अचानक विद्युत सर्ट भई घरमा आगो लागेको थियो । आगलागीपछि प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा समयमै आगो नियन्त्रणमा लिइएको छ । हाल घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यद्यपि आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।




