रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० बिनुवा टोलमा मंगलबार राति सेप्टिक ट्याङ्कीमा डुबेर दुई १ वर्षीय बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही टोलका गमिरा साहका छोरा रन्जे साह र जगदिश साहकी छोरी खुश्बु साह रहेका छन् ।
प्रहरीका अनुसार घर नजिकै रहेको सेप्टिक ट्याङ्कीमा खेल्ने क्रममा दुबै बालबालिका खसेका थिए । डुबेर बेहोस भएका उनीहरूलाई स्थानीयले तत्काल उद्धार गरी सरकारी अस्पताल चपुर पुर्याए पनि उपचारको क्रममा दुबैको मृत्यु भएको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




