बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका ६ पर्सा टोल स्थित एक गोठघरमा गएराति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीका अनुसार स्थानीय प्रविण कुमार प्रजापतिको गोठघरमा राति अचानक आगो लागेको थियो ।
घटनापछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण बारे अहिलेसम्म खुलासा नभएपनि प्रहरीले घटनाको आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




