सप्तरी । सप्तरीको राजविराज नगरपालिका १ पररिया टोलमा गएराति ठूलो चोरी भएको छ । स्थानीय राम अवतार महतोको घरबाट करिब १० लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
महतोको घरबाट नगद ३ लाख रुपैयाँ, साढे ३ तोला बराबरका सुनका गहना, १८ तोला बराबरको चाँदीको पायल र १ थान क्यामेरा चोरी भएको प्रहरीको भनाइ छ ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको पहिचान तथा पक्राउका लागि प्रहरी सक्रिय रहेको छ । साथै घटना सम्बन्धी आवश्यक अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ ।




