सर्लाही । लालबन्दी नगरपालिका ५ मेजरगंजस्थित सडकखण्डमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । ना २ क ५०१ नम्बरको टिपरले जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको बेला साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका कविलासी नगरपालिका ८ अगर्वाका २० वर्षीय सचिन साह (गुप्ता) को बुधबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते अवस्थामा उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो जहाँ उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि फरार भएको टिपर चालकको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।




