सप्तरी । सप्तरी जिल्लामा बिहीबार दुई फरक स्थानबाट दुई पुरुषको शव फेला परेको छ । राजगढ गाउँपालिका ४ स्थित नाउका पोखरीमा डाक्नेश्वरी नगरपालिका ८ भिमपुरका ३२ वर्षीय राम कुमार खंग मण्डल मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको कारण खुल्न बाँकी रहेकाले घटना बारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै, शम्भुनाथ नगरपालिका ८ स्थित मिलन चोकको सार्वजनिक प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय वृद्ध बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ती वृद्धको पहिचान खुलाउन खोजी भइरहेको छ भने शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ । दुवै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




