सप्तरी । सप्तरीमा एक युवकको बीभत्स हत्या भएको छ । राजगढ गाउँपालिका ४ प्रिपाहीमा घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षीय राजकुमार खंगको हत्या भएको अवस्थामा बिहीबार शव फेला परेको हो । हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेका थिए ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटाइएको छ ।




