सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक १२ वर्षीया बालिकाको ज्यान गएको छ । पर्साबाट धन्छवारतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले दिउँसो ठक्कर दिँदा घटनास्थलमै बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थानका रविन साहकी छोरी प्रिया साह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने प्रहरीले फरार चालक र ट्याक्टरको खोजी तीव्र पारेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।




