सिरहा । सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापस्थित मुनिफ अली मन्सुरीको धानखेत नजिक शनिबार बिहान ३४ वर्षीय अजय महराको शव फेला परेको छ । मृतक महराको शव मचान छेउमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ ।
स्थानीयहरूले शव देखेपछि जिल्ला प्रहरी कार्यालय सिरहालाई खबर गरेका थिए । सूचना पाए लगत्तै प्रहरी नायव उपरीक्षक बीरेन्द्र पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल पठाइएको छ ।
स्थानीयका अनुसार महरा शुक्रबार राति करिब ९ बजे पत्नीलाई केही भन्न घरबाट निस्किएका थिए र रातभरि घरमै थिए । तर बिहान अचेत अवस्थामा शव फेला परेको हो । मृतक महराको दुई छोरा र एक पत्नी रहेको छ । उनी मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।
प्रहरीले घटनालाई शंकास्पद मान्दै अनुसन्धान जारी राखेको छ र अहिलेसम्म कुनै स्पष्ट सुराक फेला परेको छैन ।




