बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका २ स्थित बाध टोलमा शनिबार दिउँसो भएको आगलागीबाट एक घरमा रहेका करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय जिपिल घिसिङको घरमा दिउँसो अज्ञात कारणले आगलागी भएको हो । आगोले घरभित्र रहेका लत्ता कपडा, अन्नपात, फर्निचर लगायतका सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
स्थानीयवासी, प्रहरी र दमकलको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले क्षतिको विवरण संकलन गरिरहेको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको जनाएको छ ।




