सर्लाही । सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका ४ झिमपुलमा एक व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन् । भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सोनवर्षा ग्राम पञ्चायत १ निवासी ४५ वर्षीय भदही बैठा झिमपुल क्षेत्रमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतकको शव झिमपुलको सडकछेउमा फेला परेको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक रूपमा मृत्युको कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि मलंगवा अस्पताल पठाएको छ । घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।




