रौतहट । कर्तव्य ज्यान मुद्दामा फरार रहेका ईशनाथ नगरपालिका ७ घिउरा टोलका फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ साल माघ २६ गते ईशनाथ नगरपालिका ४ मठिया टोलस्थित गहुँ खेतमा फैयाद मियाकी २० वर्षीया पत्नी चाँदनी खातुन मृत अवस्थामा फेला परेकी थिइन् ।
सो घटनामा संलग्न रही फरार रहेका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनापछि उनी लामो समयदेखि फरार थिए ।
पक्राउ परेपछि उनलाई जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । प्रहरीले उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक प्रमाण संकलन तथा अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।




