महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका ७ टिमकियास्थित सडकमा भएको सवारी दुर्घटनामा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
ज ११ प ६३७३ नम्बरको मोटरसाइकलमा सवार लोहरपट्टी नगरपालिका निवासी १७ वर्षीय नितिश भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनलाई आइतबार साँझ प्रदेश २-०३-००१ क १३९१ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका नितिशलाई बर्दिबासस्थित सरकारी अस्पतालमा उपचारका लागि लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको हो । सोही मोटरसाइकलका चालक पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइते उनलाई थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




