धनुषा । जनकपुरधाम उपमहानगरपालिका ८ स्थित उमाकान्त झाको घरको स्टोररूममा सोमबार दिउँसो आगलागी भएको छ । विद्युत सर्ट भई अचानक लागेको आगोका कारण करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




