पर्सा । मोटरसाइकल चोरीको आरोपमा वीरगंज महानगरपालिका ३२ बस्ने १९ वर्षीय विध्यानन्द महतो आइतबार राति पक्राउ परेका छन् । उनी माथि वीरगंज महानगरपालिका ३१ कोनिया टोलमा पार्किङ गरिएको मधेश प्रदेश–०३–०३५ प ७७४५ नम्बरको मोटरसाइकल असार ९ गते चोरी गरेको आरोप लागेको हो ।
पीडितको उजुरीका आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको टोलीले महतोलाई उक्त मोटरसाइकलसहित वीरगंज ३१ बाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




