पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्ला, कलैया उपमहानगरपालिका १२ का २९ वर्षीय पवन कुमार साहलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साहले विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका १५ भिष्वास्थित होटल तथा लजहरूमा पीडितलाई वेश्यावृत्तिमा लगाउँदै आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले साहलाई नियन्त्रणमा लिनुका साथै पीडितको उद्दार समेत गरेको जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा उनलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




