सिराहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका ३ सिस्वनी टोलस्थित उखु खेतीको आलीमा एक अज्ञात पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । मंगलबार बिहान स्थानीयले उखु खेतको आलीमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेर जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले शवलाई आफ्नो नियन्त्रणमा लिएको छ र घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि लहानस्थित अस्पताल पठाइएको छ ।




