सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका २ चौरी टोलमा पोखरीमा डुबेर एक ५ वर्षीय बालकको ज्यान गएको छ । स्थानीय मोहन परियारका छोरा सनम परियारको मंगलबार साँझ सोही टोलस्थित पोखरीमा डुबेपछि अवस्था गम्भीर बनेको थियो ।
गम्भीर उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




