महोत्तरी । गौशाला नगरपालिका १० जलिल टोलकी ११ वर्षीया करीणा कुमारी मण्डलको पानी जमेको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
स्थानीय दिनेश मण्डलकी छोरी करीणा सोही ठाउँमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ ।




