बारा । बारामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कलैया उपमहानगरपालिका १० मटिअर्वा निवासी ३५ वर्षीय बच्चा मियाँलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।
घरायसी विवादका क्रममा बच्चाले २३ वर्षीया श्रीमती सहिना खातुनमाथि दाउ प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले जनाएको छ ।
घटना बारे खबर प्राप्त हुना साथ प्रहरी चौकी मटिअर्वा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




