धनुषा । शहीदनगर नगरपालिका ३ यदुकूहाबाट स्रोत नखुलेको ८ लाख ५० हजार रुपैयाँ नगदसहित दुई भारतीय नागरिकलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहारको मधुवनी बासोपट्टी ग्राम पंचायत निवासी ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झा रहेका छन् ।
इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरी टोलीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नगदको स्रोत बारे स्पष्ट नखुलेपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ ।




