सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढी बजारको सडकमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो म प्र ०१–००१ क ०३११ नम्बरको टिपरले स ५ प ३०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिर्चैया नगरपालिका ५ का ५३ वर्षीय रामबृक्ष साह गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल लहानमा लगिएको थियो, जहाँ थप उपचारको क्रममा उनको मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।




