सिराहा । सिराहा जिल्लाको लहान नगरपालिका १८ सोभापुरमा एक १३ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय मोहम्मद बजिरकी छोरी अलिसा खातुनको बिहीबार दिउँसो सोही स्थानस्थित पोखरीमा डुबेर मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी अलिसालाई तत्काल उपचारका लागि लहानस्थित मनोकामना अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




