सप्तरी । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका २ बाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । बिहीबार बेलुकी जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले सिराहा, भगवानपुर गाउँपालिका ४ ठारी निवासी ५८ वर्षीय जगदिश यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले यादवको साथबाट नगद रकमसँगै एक थान मोबाइल फोन र उनले चलाएको म प्र ०१–००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




