सप्तरी । सप्तरीको रूपनी गाउँपालिका ६ भटिनिया टोलका ३५ वर्षीय ध्रुव कुमार भगतको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान आफ्नै घरमा सिलिङ फ्यान बनाउन प्रयास गर्दा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




