सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका २ सानो जगतपुरस्थित निल कमल सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । सोमबार फेला परेका मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । अनुमानित ४५ वर्षको उमेरका ती पुरुषको शव वनमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले शव बरामद गरी अनुसन्धान सुरु गरेको छ । शवको पहिचान खुलाउने प्रयास जारी रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




