सर्लाही । सर्लाहीको बागमती नगरपालिका ८ मा खेतमा जमेको पानीमा डुबेर एक वर्षीय बालिकाको मृत्यु भएको छ । स्थानीय दिल बहादुर पाचे मगरकी १ वर्षीया छोरी एलिना पाचे मगरको मंगलबार बिहान खेतमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घर नजिकैको खेतमा खेल्ने क्रममा एलिना पानीमा डुबेको र तत्काल उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिएको भएपनि उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




