रौतहट । रौतहटको गौर नगरपालिका १ बाट स्रोत नखुलेको ठूलो रकमसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो सर्लाही रामनगर गाउँपालिका २ बस्ने ३० वर्षीय चंदन पंडितलाई प्रहरीले करिब ९ लाख २८ हजार ५ सय नेपाली रूपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको छ ।
भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट र स्थानीय प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारेका हुन् । प्रहरीले पक्राउ परेका चंदन पंडितमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।




