नवलपरासी । नवलपुरमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा हुप्सेकोट गाउँपालिका १ बेलुवा निवासी ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो ।
आक्रमणमा परि शेर्पुन्जाको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । आक्रमणपछि बाघ जंगलतर्फ फर्किएको बताइएको छ । घाइते शेर्पुन्जाको उपचार मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।




