सर्लाही । सर्लाही जिल्लाको बिष्णु गाउँपालिका ७ दुल्वा टोलका २६ वर्षीय कपलेश्वर रायको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । प्रहरीका अनुसार राय आफ्नै खेतमा सिंचाइका लागि विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस दुःखद घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




