सिराहा । सिराहा जिल्लाको औरही गाउँपालिका ५ मलाह टोलबाट करिब २१२ किलो ९२५ ग्राम अवैध लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सोही स्थानका २३ वर्षीय राम उदगार मलाह हुन् ।
शुक्रबार राति गाडीबाट लागूऔषध झार्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले छापा मार्दा, सात वटा बोरामा रहेको उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
प्रहरीका अनुसार राम उदगारलाई प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो भने प्रहरीले देख्नेबित्तिकै घटनास्थलबाट गाडी लिएर भागेका अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको सिराहा प्रहरीले जनाएको छ ।




