बारा । बैंकिङ कसूर मुद्दामा फरार रहेका निजगढ नगरपालिका १ सिंगौलका ४३ वर्षीय भरत चौलागाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनको विरुद्धमा जिल्ला अदालत काठमाडौंले २०८२ साल असार १८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही पुर्जीको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई निजगढकै सिंगौलबाट पक्राउ गरेको हो । चौलागाईंलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




