धनुषा । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ स्थित सडकमा आइतबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मधेश प्रदेश ०२–००६ प ९७४४ नम्बरको मोटरसाइकल चालक, धनुषाधाम नगरपालिका १ मुग्राहा निवासी २३ वर्षीय बिबेक यादवको मृत्यु भएको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बिआर ३२ एवाइ १४६३ नम्बरको मोटरसाइकलका चालक पनि घाइते भएका छन् । उनको हाल जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




