धनुषा । शहिदनगर नगरपालिका ७ ताराटोलका ४० वर्षीय जितन साह सोमबार बिहान आफ्नै गाउँ नजिकैको खेतमा मृत अवस्थामा फेला परेका छन् । स्थानीयवासीले खेतमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरू गरिसकेको जनाइएको छ । मृतक साहको शव खेतमा लम्पसार अवस्थामा फेला परेको थियो । उनको शरीरमा बाह्य चोट पटकको कुनै स्पष्ट चिन्ह नदेखिए पनि मृत्युको कारण पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ । घटनाको कारण रहस्यमय रहेकोले थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । परिवार र स्थानीयवासीले मृत्यु प्रति शंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।




