सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोलमा एक दर्दनाक घटना घटेको छ । सोही ठाउँका दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव मंगलबार खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेका छन् ।
परिवारले सुशान्त घरबाट खेल्न निस्केपछि हराएको जानकारी दिएको थियो । खोजीका क्रममा स्थानीयले घर नजिकैको एक खाल्डोमा डुबेको अवस्थामा उनलाई फेला पारेका थिए । तुरुन्तै उद्धार गरेर अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार पानी जमेको खाल्डोमा चिप्लिएर वा खेल्दा खेल्दै डुबेको आशंका गरिएको छ ।




