सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका ४ मुखिया टोलका १४ वर्षीय सोमनाथ मुखियाको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कुशेसर मुखियाका छोरा सोमनाथलाई मंगलबार राति आफ्नै खेतमा पानी तान्ने क्रममा करेन्ट लागेको हो ।
विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




