सर्लाही । सर्लाहीको कविलासी नगरपालिका १० पिडार चोकस्थित सडकमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
कविलासीबाट मलंगवातर्फ जाँदै गरेको प्र २–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षीय अज्ञात पुरुषको मृत्यु भएको हो । हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।
दुर्घटनापछि गम्भीर घाइते भएका पैदलयात्रीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् । उनलाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




